इलाममा बुधबार एमाले र माओवादीको संयुक्त चुनावी सभा, ओलीले सम्बोधन गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले इलाम– २ मा बुधबार अर्थात वैशाख ५ गतेका दिन संयुक्त सभा गर्ने भएका छन्।

देउमाई नगरपालिका मङ्गलबारेमा सभा आयोजना गर्न लागिएको इलाम एमालेका उपाध्यक्ष उदय राईले जानकारी दिए। उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरू सहभागी हुने कार्यक्रम छ।

इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। सभामा एमाले अध्यक्ष केपी ओली, उपप्रधान एव भौतिकमन्त्री रघुवीर महासेठ लगायतका नेताहरू पुग्ने कार्यक्रम तय भएको स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्। एमालेले तुम्बाहाम्फेलाई इलामको चुनावी कमान्डर बनाएको छ। उनी गएको चैत २२ गतेदेखि लगातार इलाममै छिन्।

सोही सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत लाने तयारी थियो। तर प्रचण्ड सहभागी हुने वा नहुनेबारे तय भइसकेको छैन।

आगामी १५ वैशाखमा इलाम–२ मा उपनिर्वाचन हुँदैछ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ