यूएईको बाढीमा एक नेपालीको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।

यूएईमा दुई दिनदेखी परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ । पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
77%
3 km/h
बुध
20 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ