मोटरसाईकल दुघटनामा परि एक को मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जुम्लामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ ।


मंगलबार विहान तिला गाउँपालिका वडा नम्बर ३ त्रिबेणीबाट तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीतर्फ जादैँ गरेको क.१ प १६०५ नम्बरको मोटरसाईकल दुघर्टना हुँदा एकजनाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कायर्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालका अनुसार मृत्यु हुनेमा तातोपानी–७ सर्मीका अन्दाजी ३१ वर्षीय हेमराज कुँवर रहेका छन् । मोटरसाइकल तिला गाउँपालिका वडा नम्बर ४ रावतबाडास्थित सडक बाट अन्दाजी १६० मिटर तल भेरी खोलाको छेउमा खसेको थियो ।


मोटरसाइकलमा दुईजना सवार थिए । दुघर्टना हुने बित्तिकै स्थानीयले प्रहरी चौकी कुडारीलाई खबर गरेको उनले बताए । तत्काल यस चौकी बाट प्रहरी सहायक निरिक्षक उत्तम बहादुर बोहराको कमाण्डमा ४ जना प्रहरी टोली खटिएका थिए । लगत्तै दुबै जनालाई उपचारको लागि तिला गाउँपालिकाको एम्बुलेन्सद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लातर्फ पठाईएको थियो । प्रहरीका अनुसार दुबै जनाको अवस्था नाजुक थियो । दुर्टनामा परी घाइते मृतकका छोरा अन्दाजी ९ वर्षीय परिश्रम कुँवरको प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
64%
1 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ