ट्याक्टरले चुडाएको इन्टरनेटको तारले लाग्दा दाङमा एक घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । दाङमा ट्याक्टरले चुडाएको वाइफाइको तारले लाग्दा एक जना घाइते भएका छन् ।

सोमबार साँझ ८ बजेतिर दाङ दंगिशरण गाउँपालिका ५ मिरौली स्थित हेकुलीबाट तुलसीपुर तर्फ रोलर लोड गरि आउदै गरेको रा १ त २४२४ नंम्बरको ट्याक्टरले वाईफाईको तार छिनाल्दा सोही ठाउँका ५० बर्षीय दिल बहादुर वली घाइते भएका हन् ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनको दाँया हात,दाँया खुट्टा र घाँटिमा चोट लागेको छ ।

अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । उनका अनुसार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ