पाकिस्तानी प्रधानमन्त्रीद्वारा पुनः बलियो राष्ट्रिय आतङ्कवाद विरोधी अभियानलाई अनुमोदन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इस्लामाबाद, ९ असार (रासस/सिन्ह्वा) :

पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफले शनिबार पुनः बलियो र सक्रिय राष्ट्रिय आतङ्कवाद विरोधी अभियानलाई अनुमोदन गर्नुभएको छ । शरीफले यहाँ राष्ट्रिय कार्य योजनाको केन्द्रीय सर्वोच्च समितिको बैठकको अध्यक्षता गर्दै यो निर्णय गर्नुभएको छ । यसले अपरेशन “आजम–ए–इस्तेहकाम“ (स्थायित्वको समाधान) को व्यापक र निर्णायक तरिकाले चरमपन्थी र आतङ्कवादको खतरासँग लड्नका लागि विभिन्न प्रयासहरू एकीकृत गर्ने प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमा बताएको छ । विज्ञप्तिमा राजनीतिक–कूटनीतिक क्षेत्रमा क्षेत्रीय सहयोगका माध्यमबाट आतङ्ककारीका लागि परिचालन गर्ने ठाउँलाई कम गर्ने प्रयासलाई तीव्रता दिइने जनाएको छ । यो अभियान जनताको वास्तविक सरोकारलाई सम्बोधन गर्ने र चरमपन्थी प्रवृत्तिलाई निरुत्साहित गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले सामाजिक–आर्थिक उपायहरूद्वारा पूरक हुनेछ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
मंगल
24 °C
बुध
25 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ