महिला टि–२० विश्वकप : उद्घाटन खेलमा पाकिस्तान विजयी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । युएईको शारजाहमा जारी महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो । 

पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रहिन्, जसले ३० रन बनाउँदै टोलीलाई लडनयोग्य स्कोरसम्म पुर्याइन्। निदा दारले २३ तथा ओमाइमा सोहेलले १८ रन बनाइन् ।

श्रीलंकाका उदेशिका प्रभोधनी, सुगन्दिका कुमारी र कप्तान चमारी अथापथ्थुले समान ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राखेका थिए । तर, पाकिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई लक्ष्यसम्म पुग्न दिएनन् । 

श्रीलंकाको ब्याटिङमा चमारी अथापथ्थुको प्रदर्शन उल्लेखनीय रह्यो। उनले बलिङमा ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राख्न मद्दत गरे तापनि ब्याटिङमा मात्र २२ रनको योगदान दिँदै आउट भइन् ।

यसैगरी विष्मी गुणरत्नेले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

पाकिस्तानका ओमैमा सोहेलले सानदार बलिङ गर्दै ३ विकेट लिइन् भने साना र इकÞबालले पनि समान २–२ विकेट लिए ।

यो जितसँगै पाकिस्तानले श्रीलंकाविरुद्ध लगातार चार खेलमा हार बेहोरेको शृंखला तोड्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
72%
2 km/h
आइत
24 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ