इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । करिब चार महिनासम्म इजरायलको जेलमा थुनिएका प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ । ५० वर्षका डा. अदनान अल-बुर्स अल शिफा अस्पतालको शल्यक्रिया विभागका प्रमुख थिए।

इजरायली जेल सेवाले अप्रिल १९ मा एक विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारणले हिरासतमा राखिएका कैदीको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु हुने व्यक्ति डा. अल-बुर्स थिए।

इजरायली जेल सेवाले यस विषयमा थप जानकारी दिएको छैन र यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

प्यालेस्टिनियन प्रिजनर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै डा. अल-बुर्सको मृत्यु ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ।

डा. अदनान अल-बुर्स शल्यक्रिया प्रमुख  रहेका अल शिफा अस्पतालमा पछिल्ला केही महिनाहरूमा इजरायली सेनाले धेरै पटक छापा मारेको छ।

इजरायली सेनाले डा. अल-बुर्सलाई उत्तरी गाजाको अल अवदा अस्पतालमा अस्थायी रूपमा काम गरिरहेको बेला हिरासतमा लिएको थियो। गाजामा हमास विरुद्ध इजरायलले गरेको आक्रमणका कारण ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । बीबीसी

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ