चीनियाँ नयाँ बर्षको अवसरमा ठमेलमा परेड, एक चीन नीतिकाबारे चर्चा

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालले चीन संगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिदै आएको धारणा राखेकी छन् ।

चीनियाँ नयाँ बर्षको उपलक्ष्यमा काठमाडौंको ठमेलमा आइतबार आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकोले उच्च महत्व र प्राथमिकदा दिदैँ आएको धारणा राखेकी हुन् ।

‘नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध रहेको छ । हाम्रो सम्बन्धको जरा गहिरो  र बहुआयामिक छ,’ उनले भनिन्,‘हामी हाम्रा दुई देशबीचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौं र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौं।’

उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको पनि दोहोर्याइन् । ‘नेपाल सधैं ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ। नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौं,’ उनको भनाई थियो ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधै कदर गर्ने पनि उपसभामुख रानाले बताइन् ।

दुई देशले उच्चस्तरीय भ्रमण र कार्यक्रमहरूको नियमित आदानप्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको चर्चा गर्दै  उपसभामुख रानाले औपचारिक भ्रमणका क्रममा भएका महत्वपूर्ण निर्णय र सहमतिहरूले द्विपक्षीय सम्बन्ध र सहयोगमा नयाँ गतिशीलता ल्याउने बिश्वास पनि ब्यक्त गरिन् । उनले चिनियाँ परम्परा अनुसार सर्पले बुद्धि र अनुकूलन क्षमताको प्रतीक भएकाले यो नयाँ वर्षले सबैका लागि थप प्रगति र समृद्धि ल्याउने विश्वास लिएको पनि बताइन् ।

अर्को प्रसंगमा उपसभामुख रानाले  चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन् ।

चीनका राजदुत छङ सोङले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्व राखेको बताउँदै यसले दुई देशबीचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने बिश्वास ब्यक्त गरे । सो अवसरमा चीन र नेपालका बिबिध संस्कृति झल्कने प्रस्तुति पनि देखाइएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ