संसदीय सुनुवाइ समितिको बैठक बस्दै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।

बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ ।

समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ ।

संवैधानिक परिषदको गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो ।

समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वयविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको छ ।

समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
शुक्र
27 °C
शनि
27 °C
आइत
27 °C
सोम
22 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ