प्रधानमन्त्री दरबारमार्गको ‘सरकारी कन्सर्ट’मा सहभागी

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा नागरिकस्तरबाट जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने पुगेका छन् । प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी हुँदै कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिएका छन् । अनौपचारिक पोसाकमा पुगेका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए । उनीसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत उपस्थित थिए । नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले यसको समन्वय गरेको पाइएको छ ।  कन्सर्टमा युवाहरु ठूलो संख्यामा नेपाली झण्डासहित पुगेका छन् । कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ