पीएफसी इमर्जिङ कपमा क्वाटरफाइनलका खेलहरु आजबाट

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

भरतपुर । तेस्रो संस्करणको पीएफसी इमर्जिङ कप–२०८१ क्वाटरफाइनल खेलहरु आज (मंगलबार) बाट सुरु हुँदैछन ।


क्वाटरफाइनल खेल अन्तर्गत आज दुई खेल हुनेछन । पहिलो क्वाटरफाइनलमा दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र पारिजात इंग्लिश बोर्डिङ स्कूल खेल्नेछन । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पारिजात इंग्लिश बोर्डिङ स्कूलले पहिलो संस्करणको विजेता सोमाङ जीव ऐकेडेमीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आज नै दोस्रो खेलमा ३ बजे अमर माध्यामिक विद्यालय र नारायणी पब्लिक स्कुल प्रतिस्पर्धा गर्न कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए । आजको खेलमा जित निकाल्ने टोली उपाधि होडका लागि बलियो दावेदार मानिनेछ ।


क्वाटरफाइनलका लागि अरूणोदय माध्यामिक विद्यालय, शोमेश्वर माध्यामिक विद्यालय, नारयाणी नमुना माध्यामिक विद्यालय र स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल पनि प्रवेश गरेका छन् । बुधबार यी टिमले प्रतिस्प्रर्धा गर्नेछन् । जसअनुसार पहिलो खेल अरूणोदय माध्यामिक विद्यालय र नारयाणी नमुना माध्यामिक विद्यालय विच हुनेछ भने स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र शोमेश्वर माध्यामिक विद्यालय विच दोस्रो खेल हुने सापकोटाले बताए ।


शिक्षासँग खेलकुद जोड्ने उद्देश्यका साथ नयाँ खेलाडीहरूको पहिचान गर्न पीएफसी इमर्जिङ कप आयोजना हुदैँ आएको छ। पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा यसपटक चितवनका १६ विद्यालयहरू सहभागी थिए । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुने छ ।


प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।


पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका इमर्जिङ कपका संस्करणहरू निकै उपलब्धिमूलक भएकाले यसको निरन्तरता गरिएको क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए । यो प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
2 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ