सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले टस जित्यो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं  नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् ।

पोखराको यो अन्तिम खेल हो । उसले हालसम्म दुई खेलमात्र जितेको छ ।

सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । आठ अङ्क बटुलेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । शनिबार भएको जितसँगै चितवनले ८ अङ्क जोडेसँगै पोखरा र विराटनगर औपचारिक रूपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।

सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ । यद्यपि टोलीले दुई खेल खेल्न बाँकी नै रहेकोले आजको खेल हारे पनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ