वडाध्यक्ष देवीबहादुर खत्री(शिव)को पहलमा कालिन्जोर घारीबथान प्रहरी चौकी स्थापना

दिनेश बुढाथोकी
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सर्लाहीको ईश्वरपुर-१२ मा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । ईश्वरपुरको उत्तरी क्षेत्रमा शान्ति सुरक्षाकालागि प्रहरी चौकी स्थापना गरिएको हो ।

स्थानीय शान्ति सुरक्षाकोलागि सोही वडाका वडाध्यक्ष देवीबहादुर खत्री(शिव)को पहलमा कालिन्जोर घारीबथान प्रहरी चौकी स्थापना भएको छ।

प्रहरी चौकी स्थापना भएपछि स्थानीयहरुमा शान्ति सुरक्षाको अनुभूति हुने बिश्वास लिएको वडाध्यक्ष खत्रीले बताउनु भयो। वडाध्यक्ष खत्रीले सो समय तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुरोध गरेको बताउनुभयो।

नेकपा माओवादी केन्द्रका नेता प्रल्हाद बुढाथोकी, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी(कमल) लगायतको सहभागितामा त्यहाँको शान्ति सुरक्षाका विषयमा ध्यानाकर्षण गराएपछि चौकी स्थापना सम्भव भएको थियो ।

चौकी स्थापना भएपछि त्यहाँको अपराधिक क्रियाकलाप रोकिने अपेक्षा लिइएको छ ।

वडाध्यक्ष खत्रीले भन्नुभयो: ‘प्रहरी चौकी स्थापना भएपछि स्थानीयमा बेग्लै अनुभुति देखिएको छ’ । ग्रामीण सुरक्षामा चौकीको भूमिका महत्त्व पूर्ण हुने वडाध्यक्ष खत्रीको भनाई छ ।

चौकी उद्घाटनमा प्रमुख अतिथि मेयर मनोज कुमार आचार्य, विशिष्ट अतिथि गोपाल कुमार अधिकारी, विशिष्ट अतिथिमा एसपी रबिन्द्र बहादुर सिंहले आफ्नो भनाई राख्नु भएको थियो ।

सेयर: 43
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
शनि
12 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ