जलवायु परिवर्तन असरको दीर्घकालीन समाधानका लागि नीतिगत कार्यान्वयन जरुरी

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व डिन एवम प्राध्यापक डा.ताराप्रसाद सापकोटाले हिमालय क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको उल्लेख गर्दै यसले लाखौं मानिसको जीवनशैलीमा गहिरो प्रभाव पार्दै लगेको बताएका छन् ।


ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज (आइतबार) समापन समारोहमा संचालन भएको जलवायू परिवर्तनको असरबार विशेष सेसनमा डा.सापकोटाले जलवायु परिवर्तन र हरित मध्यस्थता अभियानको महत्वमाथि प्रस्तुति दिंदै असरबारे स्पष्ट पारेका हुन् ।


नेपालमा जलवायु परिवर्तनका कारण सन् २०१९ सम्म वार्षिक २ हजार ७७८ मिलियनको आर्थिक क्षति भएको पनि उनले बताए । उनले हिमालयको पर्यावरणीय र भौगोलिक विशेषताहरूलाई जोड दिँदै यस क्षेत्रबाट उत्पन्न हुने गंगा, ब्रह्मपुत्रजस्ता प्रमुख नदीहरूको महत्त्वबारे चर्चा गरे ।


‘हिमालय क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेको छ। यसले केवल प्राकृतिक प्रणालीमा मात्र नभई लाखौं मानिसको जीवनशैलीमा पनि गहिरो प्रभाव पारेको छ’, डा.सापकोटाले आफ्नो प्रस्तुतिमा भनेका छन् ।


उनले हिमालयलाई जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न सबैले एकजुट हुनुपर्ने बताएका छन् । साथै, उनले विश्वका १४ अग्ला हिमालहरूमध्ये ११ वटा हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने उल्लेख गर्दै यस क्षेत्रको संरक्षणको आवश्यकता औंल्याए ।


डा.सापकोटाले सन् १९७१ देखि २०१९ सम्म नेपालले जलवायु परिवर्तनका कारण वार्षिक औसत रु.२ हजार ७७८ मिलियनको आर्थिक क्षति बेहोर्दै आएको तथ्यांक प्रस्तुत गरे । उनले जलवायु परिवर्तनको असरले हरेक तहमा चुनौती थपिरहेको भन्दै यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहललाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।


डा.सापकोटाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरित मध्यस्थता प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताए । उनका अनुसार,‘जलवायु वित्तको उचित उपयोग र अन्तर्राष्ट्रिय सहकार्यमार्फत हिमालय र पृथ्वीको संरक्षण सम्भव छ।’


कार्यक्रमका अन्य सहभागीहरूले जलवायु परिवर्तनका दीर्घकालीन समाधानका लागि नीतिगत कार्यान्वयन र हरित मध्यस्थताका प्रक्रियाहरूलाई बलियो बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बिहि
22 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ