दाङको विकट क्षेत्र हारीचारमा पुग्यो विद्युत

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । दाङको विकट क्षेत्र मानिने शान्तिनगर गाउँपालिका वडा नं.१ हारीचारलगायतका क्षेत्रमा विद्युत पुगेको छ । संघीय सरकारको करिब तीन करोड लगानीमा विद्युतका संरचना निर्माण भएपछि विद्युत सेवा सूचारु गरिएको हो ।

वडा नं. १ को विकट क्षेत्र हारीचार, कालापहरा, बाघखोर, तिनुखारा, बान्द्रखोला, आरखुट्टी, बसिनडाँडा, सिद्धपधेरा, सालघारी, हल्दे, बाँझविसाउनलगायतका क्षेत्रमा पहिलो पटक विद्युत पुगेको हो ।

जहाँ चारवटा वटा ट्रान्समिटर जडान गरिएको वडाध्यक्ष जंगबहादुर पुनले बताए । पेदीखोला, हारीचार, बाघखोर र कालापहरामा ट्रान्समिटर जडान गरेर सेवा प्रदान गरिएको हो ।

लामो समयदेखि त्यहाँका करिब चारसय घर परिवार विद्युतको पखाईमा थिए । सोलार,टुक्कीको भरमा जीवन निर्वाह गरेका त्यहाँका नागरिकहरु विद्युत पुगेपछि भने खुसी भएका छन् । अब बिभिन्न कुटानी,पिसानीलगायतका कार्यकालागि पनि सहज हुने हारीचारका दुर्गा घर्तीले बताए ।

उक्त कार्यको लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा मास्कीले पश्चिम दाङ विकट क्षेत्रका रुपमा लिइने र विकासका हिसाबले पछि परेको भन्दै अब त्यसो हुन नदिने बताए । उनले पश्चिम दाङलाई हरेक हिसाबले समृद्ध दाङ बनाउने आफ्नो अभियान रहेको बताउनुभयो ।“पश्चिम दाङलाई सबैले कर्णाली भनेर भन्छन्”,उनले भने “तर, अब त्यसो रहदैन्, समृद्धि पश्चिम दाङ बनाउछौं ।”

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ