‘यो मनको चाहन’मा प्रभात र अप्सनाको रोमान्स

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । ‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

तीजको रौनकमा सयौं गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको ‘यो मनको चाहना’ बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो ।

गीतको शब्द डा.दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डीबी लामाको रहेको छ ।  विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

यस गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन्, जहाँ उनीहरूलाई एकअर्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ ।

भिडियोको छायांकन मनोरम प्राकृतिक दृश्यहरूमा गरिएको छ, जसले गीतलाई थप आकर्षक बनाएको छ ।

उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन् ।

गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ