फिल्म ‘कार्साङ’ को काठमाडौंमा प्रिमियर

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मल्टिस्टारर फिल्म ‘कार्साङ’लाई बुधबार बेलुका भव्य प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर गरिएको हो ।

आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, मिडिया र शेर्पा समुदायको बाक्लो सहभागिता रहेको थियो ।

प्रिमियरमा जितु नेपाल, दीया मास्के, डेब्यु अभिनेत्री सिर्जना निङलेखु लगायतको उपस्थिती रहेको थियो । दीया र सिर्जनाले शेर्पा पोशाकमा सौन्दर्य छरेका थिए ।

शेर्पा समुदायको पोशाकमा समुदायका व्यक्तिहरू पनि त्यहाँ थिए । उनीहरूले उक्त समुदायको झाँकी र बाजा प्रस्तुत गर्दै समारोहलाई रोमाञ्चक तुल्याए ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता छायांकार समेत रहेका पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

हलहरूले फिल्मलाई सुखद् शो दिँदै अग्रिम टिकट बुकिङ खुलाइसकेका छन् । यो फिल्म शुक्रबारदेखि देशब्यापी १३० शोसहित प्रदर्शनको तयारीमा छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
47%
2 km/h
बुध
24 °C
बिहि
23 °C
शुक्र
27 °C
शनि
24 °C
आइत
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ