भ्यूजको लोभमा स्वच्छ पत्रकारिता ओझेल पर्यो : अध्यक्ष पोखरेल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संञ्चार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संञ्चार माध्यमहरुले सोसल मिडियाको भ्यूजको लोभमा परेर सनसनीपूर्ण समाचारहरु प्रसारण गरेर स्वच्छ पत्रकारिता ओझेलमा पर्दै गएको बताएका हुन् ।

उनले  भने, ‘संञ्चार माध्यमहरुले सामाजिक विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ । हिजोआज सोसल मिडिया हेर्दा भ्यूजको लोभमा परेर केही संञ्चार माध्यमहरुले सनसनीपूर्ण समाचार र  शिर्षक हालेर बिक्छ भनेर मनोविज्ञानका साथ काम गरिरहेको अवस्था छ ।’

साथै उनले मनोविज्ञानले काम गर्दै जाँदा खोजी समाचारहरु, सामाजिक मुद्दाहरु ओझेलमा पर्ने बताए । उनले सामाजिक मुद्दाहरुलाई कडा मेहनतका साथ समाचारका रुपमा अगाडि सार्नुपर्ने उल्लेख गरे ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
haze
24° _ 24°
53%
4 km/h
बुध
24 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ