गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल गृह जिल्ला तनहुँमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनलगायत विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् । उनले यहाँ गाउँपालिकाको प्रशासनिक भवनसहित व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरू भएको थियो ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो ।

हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । म्याग्दे गाउँपालिका–४ नारिंगेमा ६ करोड रुपैयाँ लागतमा भवन निर्माण गरिएको छ । उक्त भवन निर्माणको काम विसं २०७७ असोजदेखि सुरू भएको थियो ।

जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत् प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृतको भनाई छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ