सङ्घीय गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु : राष्ट्रपति पौडेल

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

तनहुँ, चैत २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताउनुभएको छ ।

जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।

तपाइहरूको राजनीतिमा आफ्नो भन्नु केही नरहेको तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता भएको पौडेलले बताउनुभयो ।

उहाँले तनहुँलाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको चर्चा गर्नुभयो । जिपी कोइराला श्वास प्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र संसारमा कुनै पनि नेपालीले एक पटक नआइ नहुने भानु साहित्य उद्यानले तनहुँलाई विशिष्ट जिल्ला बनाएको उहाँको भनाइ छ ।

उहाँले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्ड रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिम प्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चित्ता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले त्यसका लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी रहेको बताउनुभयो ।

“सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ” राष्ट्रपति पौडेलले भन्नुभयो ।

रोजगारी र शिक्षाको लागि शहर पस्ने र शहर हुँदै विदेशीने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय हुँदै क्याम्पस तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चित्ता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी रहेको बताउनुभयो ।

उहाँले पठनपाठन र ज्ञानआर्जनको परम्परागत शैली र ढर्रा त्यागेर नीति निर्माण र योजना तहमा बस्नेले ग्लोबल भिलेजको जमानमा जहाँकहीं बस्ने र जहाँसुकै पुग्नेलाई प्रतिस्पर्धी, योग्य, स्वरोजगार, स्वाबलम्बी र आत्मनिर्भर हुने खालको शिक्षा दिन सक्नपर्ने बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
72%
बुध
23 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
20 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ