प्रेस चौतारी नेपाल रौतहट शाखा अध्यक्षमा पहाडी चयन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । प्रेस चौतारी नेपाल रौतहट शाखाको आठौँ अधिवेशनबाट अध्यक्षमा अशोक कुमार पहाडीलाई चयन गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा उपाध्यक्ष कृष्ण तिवारी, महिला उपाध्यक्ष मञ्जु मानन्धर, सचिव मुकेश साह, सहसचिव राकेश कुमार यादव, सहसचिव (समावेशी) दीपेन्द्र रजक, तथा कोषाध्यक्ष अशोक कुमार यादव चयन भएको निर्वाचन मण्डलका संयोजक रमेश तिमल्सिनाले जानकारी दिए।  उनका अनुसार प्रेस चौतारी नेपाल रौतहट शाखाको बन्द सत्रमा व्यापक छलफलपछि नेतृत्व सहित सबै पदधिकारी सहमति चयन भएको हो । 

प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्य समिति सदस्यमा रुपेश यादव र सरोज मिश्रा चयन भएको उनले बताए ।प्रेस चौतारीको  केन्द्रिय परिषद् सदस्यमा उत्तम उपाध्याय र महिलातर्फ अपर्णा झा चयन भएको उनको भनाइ छ । प्रेस चौतारी रौतहटको आगामी बैठकले थप चारजना कार्यसमिति सदस्य मनोनयन गर्ने निर्वाचन मण्डलले जनाएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
12 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ