नयाँ मन्त्रीको शपथ ग्रहणको जानकारी गराउन प्रधानमन्त्री दाहाल राष्ट्रपति भवनमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्रिमण्डल विस्तारका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुग्नु भएको थियो । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिनुभयो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपति समक्ष जानकारी गराउनु भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराउनुभएको छ । आज पाँच बजे शपथको कार्यक्रम तय भएको बताइएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
शनि
12 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ