काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरू प्रति गुनासो गर्नु भएको छ। उहाँले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको भन्दै गुनासो गर्नु भयो । शुक्रवार काठमाडौँमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाउनु भयो ।
पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको उहाँले बताउनु भयो ।
नयाँ राजनीतिक दलहरूले बोल्दा हेक्का राखेर बाल्नुपर्ने र पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरूले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरूको अपमान गरिरहेको बताउनु भयो ।