काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा १४ बर्षीय बालिका आत्महत्याको घटनामा निष्पक्ष छानविन गर्न सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।
चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युबारे चासो राख्दै प्रधानमन्त्री दाहालले घटना गम्भीर रहेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको हो ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री दाहालले लेख्नुभएको छ, घटनाले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु।
घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ। घटनाको विरुद्धमा अहिले व्यापक विरोध भइरहेको छ भने, उनका अभिभावक काठमाडौंमा आन्दोलनरत छन् ।


