जुम्ला जाँदै प्रधानमन्त्री ओली 

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) जुम्ला जाँदैछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन ओली जुम्ला जान लागेका हुन् । ओली प्रतिष्ठानको कुलपति हुन् ।

  प्रधानमन्त्री ओली आज बिहान ११ बजे जुम्ला प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ ।

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ । आजै प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक भवनको गर्ने कार्यक्रम पनि रहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ