विरोधका लागि मात्र विरोध भइरहेको छ : प्रधानमन्त्री ओली

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले विपद्को बेला सरकारको लज्जासपद् भूमिका रह्यो भन्ने विरोध छ यसमा के भन्नु हुन्छ भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘विरोधका लागि विरोध भइरहेको छ । सरकारले गर्न सक्नेसम्मको काम गरिरहेकै छ । तत्काल सेना प्रहरी खटाएर उद्धार गरेको छ । बाढी आउँने कुरालाई रोक्न सकिँदैन् । पहिरो पनि पूर्व सूचना दिएर जाँदैन् । पहिरो गएपछि त क्षति पु¥याउने नै भयो । यस्तो संवेदनशील बेलामा सबै मिलेर यथार्थपरक ढंगले लाग्नुपर्छ । ’

उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएको स्पष्ट पारे । अब सरकारले अझ प्रभावकारी ढंगले राहत,उद्दारको र पुननिर्माणको काम गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री ओली अमेरिकाको ११ दिने भ्रमण सकेर आज स्वदेश फर्केका हुन्।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ