काठमाडौँ, ४ साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु¥याउन आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उहाँले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिनुभयो । एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ” एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियोे भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएको थियोे । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए ।
अन्तर्राष्ट्रिय नारी दिवसमा स्रष्टाहरूले सुनाए रचनाहरू
थाइल्याण्ड। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रचना वाचन गरी मनाएको छ । साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’को १३ औं शृङ्खलामा ‘आधा आकाश, सिर्जना संसार’…

