खेलकुदका क्षेत्रमा नेपाल अहिले अगाडि बढेको छ : प्रधानमन्त्री ओली

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढेको बताएका छन् ।  

शुक्रबार कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदान समुद्घाटन गर्दै उनले कतिपय रगंशालाहरु र खेलमैदानहरु चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रुपान्तरण गर्न सकेको बताएका हुन् ।

उनले भने, ‘ नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढिसकेको छ । खेलकुदका क्षेत्रमा हामीले भने जति गर्न नसके पनि, खेलाडिहरुलाई सुविधा पुर्याउन नसके पनि, कतिपय रगंशालाहरु र  खेलमैदानहरु चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रुपान्तरण गरेका छौं।’

साथै उनले काठमाडौं रंगशाला भूकम्पछि पुनः त्यसलाई नविकरण गरेको बताए । उनले यसैगरी पोखरा रंगशाला, अरु रंगशालाहरु र  खेल मैदानहरुलाई हामी सबैले तयार गरेको बताए ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
12 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ