मशान(दीप) मेटिनेगरि बाटो निर्माण हुन लागेको भन्दै कीर्तिपुर पाँगाका स्थानीयको विरोध

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कीर्तिपुर नगरपालिका भाजंगलस्थित पाँगाका स्थानीयहरुको मशान(दीप) नै मेटिनेगरि नगरपालिकाले बाटो निर्माण गर्न खोजेको भन्दै विरोध गरेका छन् ।

पाँगाका स्थानीयले प्रयोग गर्दै आइरहेको मशान (दीप) को इतिहास मेटिने खतरा बढेको भन्दै बाटो निर्माणलाई रोक्न सार्वजनिक सुनुवाई नै आयोजना गरेका हुन ।

स्थानीयले शनिवार सार्वजनिक सुनुवाइ गर्दै मशान (दीप)हानी नोक्सारी हुनेगरि खोला छोपी बाटो बनाउन खोजिएको भन्दै विरोध गरेका छन् ।स्थानीय गुठी, टोल तथा नागरिक समाजका अगुवाहरुले नगरपालिकालाई पटक—पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएको भन्दै आपत्ती जनाएका छन् ।

स्थानीयले तत्काल काम नरोके विरोध गर्ने बताएका छन् । उनिहरुले एक संघर्ष समिति पनि बनाएका छन् । कीर्तिपुर नगरपालिकाले बाटो निर्माणकालागि २० लाख विनियोजन गरेको छ । तर, स्थानीयले बाटो फराकिलो भए त्यहाँ बस्ती बस्ने र मशान (दीप)को अस्तीत्व मेटिने दावी गर्दै आइरहेका छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
77%
1 km/h
शुक्र
30 °C
शनि
31 °C
आइत
28 °C
सोम
28 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ