१९ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना प्रकाशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर भएका १९ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना प्रकाशन गरेको छ ।

कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको प्रहरी प्रधान कार्यालय सूचनामार्फत भनेको छ ।

कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न गरी सफाइको मौका दिइएको र अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनीसमेत दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ७ जना फागुनदेखि र ११ जना चैतदेखि कार्यालयमा गैर हाजिर छन् । गैर हाजिर हुनेमा चितवनका प्राविधिक प्रहरी नायव निरीक्षक अञ्जन सिम्खडा र गुल्मीका प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
2 km/h
आइत
22 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ