स्वघोषित अभियन्ताका नाममा सामाजिक सञ्जालमा उग्र अभिव्यक्ती दिने पुण्य गौतम र युवराज सफल पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । स्वघोषित अभियन्ताका नाममा सामाजिक सञ्जालमा उग्र अभिव्यक्ती दिने व्यक्तीहरुलाई प्रहरीले कारबाही अघि बढाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र युट्युबमा उग्र अभिव्यक्ति दिँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि स्वघोषित अभियान्ता भनिने सर्मीला वाइवालाई प्रहरीले पक्राउ गरेको थियो । सामाजिक सञ्जालमा विभिन्न घटनाहरुलाई आफुखुशी अभिव्यक्ती दिने, समाजमा नकारात्मक प्रभाव तथा भ्रम फैलाउने क्रम बढेपछि प्रहरीले त्यस्ता व्यक्तीहरुलाई नियन्त्रणमा लिन थालेको छ ।

चितवनमा नावालिका मृत्यु प्रकरणमा आफ्नो अभिव्यक्ती दिदै हिडेका दुई जनालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुले अस्पताल परिषरमा होलहल्ला, नारावाजी र जुलुस गरेर सार्वजनिक शान्तिमा असर पुर्‍याएको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले थाइल्याण्ड नेपाललाई जानकारी दिनुभयो ।

अहिले दुवै जनालाई प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन प्रर्दशन गरेका थिए ।

घटनाको उच्च तहबाट छानविन भइरहेको र यस विषयमा प्रशासन गम्भीर रहेको अवस्थामा सामाजिक सद्भावमा खलल पर्याउन खोेजिएको भन्दै प्रहरीले दुवै जनालाई नियन्त्रणमा दिएको हो । घटनाका विषयमा त्रिवि शिक्षण अस्पतालले जिल्ला प्रहरी कार्यालय, चितवनलाई प्रतिवेदन बुझाइ सकेको जनाएको छ ।

सेयर: 18
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
64%
1 km/h
शनि
20 °C
आइत
25 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ