कतार सरकार प्रमुख अमिर शेख अप्रिल २३ मा नेपाल भ्रमण गर्ने तयारी

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । अमिर शेख अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणमा नेपाल आउन लागेको बताइएको छ । यद्यपि नेपाल सरकारले आधिकारिक घोषणा गरेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा तयारी चलिरहेको बताउँदै औपचारिक मिति तय भएपछि औपचारिक जानकारी गराउने बताए ।

मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा (छावा) दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यो दुई देश बीचको सम्झौताको कुरा भएको भन्दै यसको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको बताए । मन्त्रीपरिषद्ले केही निर्णय गरेपछि यस विषयमा प्रक्रियाहरू अगाडि बढ्ने उनले बताए ।

यसअघि पनि नेपालले कतारले एक प्रकारको बाज उपहार दिने तयारी गरेको थियो । कतारका सरकारले स्वीकार गरे पनि नेपालमा मन्त्रालयहरुको बिचमा कुरा नमिल्दा त्यो उपहार दिएन ।

त्यस्तै, दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ, नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारबाट एउटा सरकारी टोली आएको छ । त्यसले एजेन्डा लगायतका विषयमा छलफल गरिसकेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यो टोली नेपालमै छ । भेटघाटको तालिका बारे छलफल गरिरहेको छ ।
अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।

अप्रिल २३ देखि हुने भ्रमणका लागि सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । भारत र चीनले कूटनीतिक कर्मचारीलाई दिने तालिम जस्तै कतार र नेपाल बिच पनि सम्झौता हुने बताइएको छ । कतारको प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ ।

नेपालमा हुने सम्झौतालाई आउने सहयोग कतारको ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी)मार्फत् आउने बताइएको छ । नेपालमा यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन ।

यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुने बताइएको छ । सम्झौता भयो भने कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ, कतिपय टुंगिसकेका छन् भने कतिपयमा अझै छलफल चलिरहेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
43%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ