रुकुम पश्चिमको चौरजहारिबाट सञ्चालनमा रहेको रेडियो चौरजहारी ९४.८ नौ वर्षमा प्रवेश गरेको छ । सामुदायिक बिकास अभियान नेपालद्वारा संचालित साझा मनको सम्पुर्ण आवाज पालिकाको पहिलो रेडियोको रूपमा २०७३ साल बैशाख २ गते स्थापना भएको रेडियो चौरजहारी आठ वर्ष पूरा भई नौ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा रेडियोले सम्पूर्ण श्रोता, विज्ञापनदाता, संस्थामा कार्यरत कर्मचारी तथा पत्रकार, शुभेच्छुक तथा शुभचिन्तकहरूमा शुभकामना व्यक्त गरेको छ । रेडियोका कार्यवाहक अध्यक्ष देव बहादुर बटालले प्रेस विज्ञप्ति जारी गर्दै आफुहरु कृतज्ञ रहेको भनी शुभकामना व्यक्त गर्नुभएको हो ।
सञ्चार माध्यमको तर्फबाट नागरिकको अभिमत अनुरूप विकास, समृद्धि र उत्पादनको योजना कार्यान्वयनलाई तीव्रता दिई समाजवादको आधार तयार गर्न तथा सङ्घीयताको सबल कार्यान्वयनका लागि राज्यका सबै निकायलाई थप उत्तरदायी बनाउन जोड दिने उहाले बताउनु भएको छ ।
स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाट भए गरेका कामहरूको प्रचार प्रसार र त्यसमा विकृति देखिए उजागर गर्ने कार्यमा रेडियो चौरजहारि सदैव क्रियाशील रहँदै आएको बताइएको छ ।
सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यक्रम कार्यान्वयनको क्रममा प्राप्त उपलब्धि र भएका कमी कमजोरीहरू जस्ताको तस्तै जनसमक्ष पुर्याउने काममा तटस्थ रूपले सक्रिय रहेका पनि अध्यक्ष बटालाको भनाइ रहेको छ ।
मौलिक कला–संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाहरूको प्रस्फुटन, जनहितकारी सन्देश प्रवाह जस्ता नियमित कार्यहरूलाई पनि यस रेडियोले अग्रस्थान दिँदै आएको छ ।
यसका साथै रेडियोको बार्षिक उत्सवको अवसरमा रेडियोमा कार्यरत कर्मचारी तथा संचारकर्मी जिबन केसिले शुभकामना आदनपर्दान र रेडियोलाई थप नयाँ ढङ्गले अगाडि बढाउनका लागि सल्लाह सुझाव सङ्कलन गर्नु भएको थियो ।
कार्यक्रममा केसिले चौरजहारी नगरपालिकाका प्रथम नगर प्रमुख बिशाल शर्मा, हालका नगर प्रमुख पुष्प वादी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेर प्रसाद ढकाल, रेडियोका पुर्व प्रबन्ध निर्देशक ज्ञानु गौतम, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, रेडियोका पुर्व सस्थापक यदु आचार्य र अन्य सरकारी तथा गैरसरकारी कर्मचारी, रेडियोका पुर्व सस्थापक, बिज्ञापन दाता, श्रोता लगायत सङ्ग कुरा गर्नुभएको हो ।
नगरपालिकाका प्रथम मेयर शर्माले सत्य तथ्य सुचनामा रेडियो चौरजहारिको ठुलो योगदान रहेको बताउनु भएको छ। सङ्गै रेडियोको थप ब्यबस्थापनका लागि आफुहरुको साथ सहयोग सधै भरि रहिरहने उहाको भनाइ रहेको छ । नगरपालिकाका हालका मेयर बादी र प्रमुख प्रशासकीय अधिकृत ढकालको पनि सोही भनाइ रहेको थियो ।