मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर ।  १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्ने भएको छ । आइतबार सतोषर पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि औरहीका लागि प्रस्थान गरेका छन् ।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ११ औं दिन सतोषर पुगेको थियो भने आज १२औं दिन औरहीमा रात्री विश्राम गर्नेछन्  ।

आज औरहीमा विशेष मेला आयोजना गरिएको छ । परिक्रमालाईमध्येजनर गर्दै औरहीमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । परिक्रमा भोली करुणाका लागि निस्किने छ । त्यस्पछि विशौलमा एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्नेछ र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ