राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सङ्घीय संसद्को निर्वाचन कार्यतालिका अनुसार दाहाल र शर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल हुनुहुन्छ ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका किरणबाबु श्रेष्ठ हुनुहुन्छ । भोलि (मङ्गलबार) बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
broken clouds
28° _ 28°
28%
3 km/h
बिहि
29 °C
शुक्र
30 °C
शनि
31 °C
आइत
28 °C
सोम
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ