रेमिट्यान्स साढे २१ प्रतिशतले बढ्यो, सात महिनामा साढे ८ खर्ब

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — चालु आर्थिक वर्षमा रेमिट्यान्स मार्फत् ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१।१६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको माघसम्म रेमिट्यान्स २७।१ प्रतिशतले बढेको थियो ।

‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९।१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ रहेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
100%
1 km/h
बिहि
29 °C
शुक्र
30 °C
शनि
31 °C
आइत
28 °C
सोम
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ