रेशम चौधरीको रिट आजपनि ‘हेर्न नभ्याइने’ सूचीमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्ने नभ्याइने’ सूचीमा राखेको हो ।

चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी नाउपा गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको थियो ।

चौधरी अध्यक्षमा निर्वाचन भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकार गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठनै भएको ठहर गरेको थियो । आयोगको सो निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
haze
25° _ 25°
53%
5 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ