राजनीतिक परिवर्तनमा नेवार समुदायको भूमिका ऐतिहासिक : अध्यक्ष दाहाल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालले  नेवार समुदायले  देशको राजनीतिक परिवर्तनका लागि  ऐतिहासिक भूमिका खेलेको बताएका छन् । 

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठूलो भूमिका खेलेको बताएका हुन् ।

उनले भने, ‘देशको आर्थिक विकास, सामाजिक सद्भाव तथा संस्कृतिको संरक्षणको क्षेत्रमा मात्र नभएर नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागी पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको कुरा ईतिहासमा स्वर्णिम अक्षरहरुमा लेखिसकिएको छ ।’

साथै, उनले १० वर्षको जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनमा नेवार समुदायले गरेको योगदान अविस्मरणिय रहेको बताए ।

उनले शुसासन, सामाजिक न्याय समृद्धि हुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न नेवार समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ