राप्रपा अध्यक्ष लिङ्देनले भनेः देश यथास्थितिमा चल्न सक्दैन, नयाँ सम्झौता गरौँ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा चल्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने दावी गर्नुभयो ।

देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको उहाँको भनाई थियो । परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन ।

अहिले जनताले के भन्छन्, लुटतन्त्र हो । केही सीमित राजनीतिक दल र ती सीमित राजनीतिक दलका पनि सीमित नेताहरूका मुठीमा देश कैद भयो । उनीहरुको लागि मात्रै भयो ।

त्यसकारण अब देश यहीँ अडिइराख्न सक्दैन, अध्यक्ष लिङ्देनले भन्नुभयो । कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्न सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको भन्दै अध्यक्ष लिङ्देनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । विभिन्न भ्रष्टाचारका काण्डहरू आए पनि निष्पक्ष रूपमा छानबिन हुन नसकेको उहाँको भनाई छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
mist
12° _ 12°
100%
1 km/h
बुध
23 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ