निसीखोला दुर्घटनामा रुकुम पुर्वले एक उदाउँदो पत्रकार बिक्रम परियार गुमायो !

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा रुकुमका एक पत्रकारले ज्यान गुमाएका छन् । काठमाडौंमा यहि ७ र ८ गते हुन लागेको राष्ट्रिय दलित पत्रकार संघको बार्षिक साधारणसभामा सहभागि हुन काठमाडौं आउदै गर्दा पत्रकार विक्रम परियारको ज्यान गएको हो ।

रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय परियार नेपाल पत्रकार महासंघ रुकुमपुर्वका सस्थापक सह—सचिब ,राष्ट्रिय दलित पत्रकार संघ रुकुमपुर्वका सस्थापक अध्यक्ष थिए ।

रुकुम पुर्वका एक उदाउदा पत्रकारकारुपमा रहेका परियार स्थानीय रेडियो पूर्वी रुकुममा पनि कार्यरत थिए । उनि हिमालय टेलिभिजनमा रुकुम पूर्वका संवाददाता पनि थिए । उनि विभिन्न संघ संगठनमा आबद्ध भइ काम गर्दै आएका थिए ।

दुर्घटनामा मृत्युभएका परियार प्रति राष्ट्रिय दलित पत्रकार संघले दुःख व्यक्त गरेको छ । संस्थाका अध्यक्ष विनोद पहाडीले थाइल्याण्ड नेपालसँग कुरा गर्दै संघको कार्यक्रममा उपस्थित हुन आउदा भएको घटनाले निकै दुःखी बनाएको बताउनुभयो । उहाँले परियारको योगदानलाई संस्थाले सधै उच्च सम्मानकासाथ राख्ने र उनको सम्झनामा संस्थाका केहि निर्णय लिने बताउनुभयो । संघका सदस्य परियारको दुर्घटनामा मृत्युभएपछि संघको आकस्मीक बैंठक बस्दै गरेको उहाँकाले बताउनुभयो ।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
46%
2 km/h
शनि
25 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ