स्वघोषित सामाजिक अभियन्ता शर्मिला वाइवा प्रहरी कस्टडीमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । स्वघोषित सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । अभियन्ताको नाममा व्यक्तीको निजी जीवनको बारेमा सिामाजिक सञ्जालहरुमा यत्रतत्र बनाउने वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंमा उजुरी परेपछि सिन्धुपाल्चोक पुगेकी उनी त्यहीबाट पक्राउ परेकी हुन् । ब्ल्याकमेलिङ गरेको र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा प्रहरीले बुधबार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।

उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । प्रहरी वृत्त महाराजगन्जमा उजुरी परेको थियो । हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी थिइन् ।

त्यहि विषयमा शर्मिला वाइबालगायतले ‘म्याकुरी’लाई कुटपिट गरेको आरोप छ । एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले पवनलाई ब्ल्याकमेलिङ गरेको र सो भिडिओ देखाएर २५ लाख रुपैयाँ बार्गेनिङ गरेको म्याकुरीले आरोप लगाएका थिए ।

शर्मिलामाथि सीसीटीभी फुटेज दूरुपयोग गरेको समेत आरोप छ । अनुसन्धानको क्रममा सम्बन्धित अधिकारीले बाहेक अरूले सीसीटीभीको गोप्य फुटेज हेर्न, सार्वजनिक गर्न पाइँदैन । तर, शर्मिलाले पवनको भिडिओ युट्युबबाट सार्वजनिक गरेकी थिइन् । प्रहरीले काठमाडौं ल्याएर थप अनुसन्धान गर्ने बताएको छ ।

सेयर: 80
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
82%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ