शालिन पोखरेलको पोष्टमार्टम रिपोर्टः ‘झुण्डिएको कारण’ मृत्यु, परिवारलाई चित्त बुझेन !

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुका अनुसार उनको झुण्डिएका कारण मृत्यु भएको रिर्पाेट आएको बताएका छन् ।

बलात्कार पछि हत्या भएको भन्दै आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको एक पाइएको बताइएको छ । यर विषयमा प्रहरीले केहि बताएको छैन ।

किन कि घटनाका विषयमा राजनीतिक दल, मानवअधिकार कर्मी, प्रधानमन्त्री तथा आम मानिसमा चासो बढेकाले तत्काल रिर्पाेट सार्वजनिक हुने एक उच्च अधिकारीको भनाई छ । एक पटक उच्च स्तरमा रिर्पाेटको मुचुल्का हुने छ । स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो ।

लगत्तै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । परिवारले बलात्कारपछि हत्या भएको शंका गर्दै गम्भीर छानबिनको माग गर्दै आइरहेको छ ।

सेयर: 40
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
94%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ