ब्राजिलमा जहाज दुर्घटना ः चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ ।

भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे ।

डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।  विमान भिन्हेदो शहरमा नै दुर्घटनाग्रस्त भएको हो ।

साओ पाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी आउने क्रममा रहेको जनाएको छ ।

स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् ।  विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बीबीसी समाचारमा उल्लेख छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ ।  घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको जनाइएको छ ।

सेयर: 18
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ