झापामा युवतीमाथि गोली प्रहार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दमक। झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी १७ वर्षीया एनिका अधिकारीमाथि दमक वडा नं. ५ ज्येष्ठ नागरिक प्रतिष्ठान नजिक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट घाइते अधिकारीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

उदयपुर घर भई हाल दमकमा डेरा गरेर बस्दै आएकी अधिकारीको पेटमा गोली लागेको छ ।

गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
39%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ