सुर्खेतको सिद्धार्थ होटल कर्णाली प्रदेशकै पहिलो चारतारामा बर्गिकरण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सुर्खेतको विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटल कर्णाली प्रदेशकै पहिलो चार तारा बनेको छ। सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन भइरहेको सिद्धार्थलाई पर्यटन विभागले चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो।

पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ को व्यवस्था अुनसार चार तारा होटलमा स्तर वर्गीकरण गरी इजाजतपत्र दिइएको विभागले बताएको छ। होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो।

होटलमा ४ स्विट रुम, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा रहेका छन्। साथै ४ वटा कन्फ्रेन्स हल, ६ सय जना भन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेन्टको मज्जा समेत होटलमा लिन सकिन्छ। यस्तै फिटनेस क्लव, स्पा, साउना, स्टिम, जीम, स्विमिङ पुल, ब्युटी पार्लर लगायतका सुविधा समेत होचलमा समावेश छन्।

वि.सं. २०७२ देखि सञ्चालनमा आएको सिद्धार्थ होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशब न्यौपानेले जानकारी दिए। २६ वर्ष अघि टिकापुरबाट व्यवसाय सुरू भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे गरी देशैभर सेवा सञ्चालन गरिरहेको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
64%
1 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ