सितापाइला घटनाः तीन जनाको हत्यागरि आत्महत्या

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । परिवारका तीन सदस्यको हत्या गरेर आत्महत्या गरेका राजु घिमिरेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ ।

नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजुले श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको हत्या गरेका थिए । घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना दिएका थिए ।

घटनाको सूचना पाएलगतै प्रहरीले उनको खोजी गरेको थियो । तर घरभन्दा केही पर उनको शव भेटिएको छ । नागार्जुन५ सितापाइला हरिसिद्धीकी सुधा तामाङको घरभन्दा केही माथि ढल्किएको रुखमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।

सुधाका अनुसार बिहान ११ बजेतिर आँगनमा निस्किएर हेर्दा उनले केही झुण्डिएको जस्तो देखेकी थिइन् । छिमेकीलाई बोलाएपछि मान्छे झुण्डिएको निष्कर्षसहित उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार बिहान ११ बजेर १३ मिनेटमा रुखमा मान्छे झुण्डिएको भनेर खबर आएको थियो । प्रहरीले उनको शव रुखबाट निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
77%
1 km/h
शुक्र
30 °C
शनि
31 °C
आइत
28 °C
सोम
28 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ