‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, १७ जेठ : नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पथिरानाले औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम उपलब्ध गराउँदा श्रम बजारमा योग्य व्यक्ति आउने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले एक महिनादेखि टुँडिखेलमा सञ्चालन गरेको सीप मेलाको अवालोकन गर्दै उहाँले योग्यता परीक्षण प्रणालीबाट सीपलाई प्रमाणीकरण गर्न सकिने बताउनुभयो । अवलोकनका क्रममा राजदूत पथिरानाले औपचारिक शैक्षिक योग्यता नभएका मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न कामपाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । “निःशुल्क तालिम प्रदान गर्नु अझ महत्त्वपूर्ण काम हो । नेपाल र श्रीलङ्काका बीचमा धेरै समानता छन् । समान प्रकृतिका यस्ता कार्यक्रमसँगै सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले जनअपेक्षा धेरै भएकाले ती अपेक्षालाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताउनुभयो । “सीप मेलामा व्यावसायिक तालिम दिने कार्यक्रम पनि यसैको एउटा अंश हो”, उहाँले भन्नुभयो, “व्यावसायिक तालिमको योग्यता निर्धारण गर्ने क्रममा श्रीलङ्काबाट सिक्न सकिन्छ ।” महानगरका अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीले मानवीय स्रोत व्यवस्थापन गर्ने विषयमा राजदूतले सहकार्य गर्ने बताउनुभएको जानकारी दिनुभयो ।

मेलाका तालिम संयोजक देवेन्द्र केसीका अनुसार श्रीलङ्काले राष्ट्रिय सीप परीक्षण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेको छ । कामपाले सामुदायिक विद्यालयमा सञ्चालन गरिरहेको ‘शिक्षामा सीप’ कार्यक्रम र सीपयुक्त जनशक्तिको योग्यता परीक्षण यही संरचनामा अगाडि बढाउने योजना रहेको उहाँले बताउनुभयो । कामपाले गत वैशाख १९ गतेदेखि एकमहिने सीप मेला सुरु गरेको छ । कामपाले २०८१ सालको शुभारम्भसँगै दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित मेला आयोजना गरेको हो । कामपा सामाजिक विकास विभाग निमित्त प्रमुख विमला कोइरालाका अनुसार महानगरले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अभियानमार्फत मेला सुरु गरेको हो ।

मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको उहाँले बताउनुभयो । मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने र युवालाई स्वरोजगार बनाउने विश्वास लिइएको छ । आवश्यकताभन्दा धेरै नागरिकले सीप सिक्न आवेदन दिएपछि कामपाले विद्यालय र क्याम्पससँग सहकार्य गरेर विभिन्न चरणमा सबैलाई सिकाउने जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ