काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका प्रति आक्रोश व्यक्त गरेको छ । विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।
बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको हो । ‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो ।
बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।


