साफ यू–२० च्याम्पियनशिपमा बङ्गलादेशसँग श्रीलंका पराजित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन् ।

समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बङ्गलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । विजयी हुने टिम समूह विजेता हुँदै सेमिफाइनलमा पुग्नेछ ।  यता समूह बी को खेलमा भारतले भुटानलाई १–० गोलले पराजित गरेको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा समूह ए मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
53%
6 km/h
बुध
21 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ