काँग्रेस सांसदद्वारा प्रदेश सभा बैठक अवरुद्ध

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा, । बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको नेपाली काँग्रेसको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

आगामी आवको बजेटमाथि छलफल गर्न बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक झण्डै दुई घण्टा ढिलो गरी सुरु भएर स्थगित भएको हो ।

कांग्रेसले सरकारको बजेट र योजनामा सुशासन कायम गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट प्रणाली उल्लङ्घन गरी बजेट ल्याएको भन्दै बजेटको बिरोध गरेको छ ।

प्रदेश सभाको बैठक सुरु भएलगत्तै काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको तारतम्य नमिलेको बताउँदै बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्नुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
मंगल
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ